दमौली: तनहुँ जिल्लाकै नमुना समूह मानिने गुराँस आमा समुह र चुरे खोल्सी टोल विकास संस्था को नव निर्मित सामुदायिक भवनको एक कार्यक्रमका बीच शनिवार उद्घाटन गरिएको छ। कुल २५ लाखको लागतमा निर्माण गरिएको उक्त सामुदायिक भवनको वि,स २ ० ७३ सालमा स्थापना भएको हो ।
नव निर्मित भवनको व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले गरेका हुन् । उद्घाटनका क्रमका बोल्दै नगर प्रमुख न्यौपानेले सामुदायिक भवनमा आवद्ध स्थानीय युवा र आमा समुहको समुदायहरुले देखाएको रचनात्मक र उदहारणिय कार्यले समाजमा विकास र परिवर्तन कसरी गर्ने भनेर अनुशरण गर्न सिकाएको बताए । सामुहिक एकता , सद्भाव र सहिष्णुता आजको आबश्यक्ता भएको बताउदै नगर प्रमुख न्यौपानेले आफ्नो कार्यकालमा केही स्थानहरुमा पक्की नाली निर्माण ,धारा निर्माण ,कच्ची बाटोहरुलाई ग्राबल गरि पिच गर्ने काम बाँकी रहेको र निकट भविषयमै योजना कार्यवन्यन हुने विश्वास दिलाए।
कार्यक्रममा ब्यास नगरपालिका वडा नम्बर -४ का वडा अध्यक्ष विश्वराज न्यौपाने ,जनजाति महासंघ जिल्ला अध्यक्ष बसुन्धरा घर्ती , चुरेखोल्सी आमा समुहका सल्लाहकार देवबहादुर गुरुङ लगाएतले आआफ्नो धारणा राखेका थिए। कार्यक्रमको सभापतित्व गुराँस आमा समुह चुरेखोलसी कि अध्यक्ष लक्ष्मी पौडेलले गारेकी थिईन।
कार्यक्रममा समाजसेवी देवबहादुर गुरुङ लाई विजुलीका पोलहरु,पक्की बाटो निर्माणमा योजना पारिदिएको र विविध शिर्षकहरुमा बजेट विनियोजन गराउन सामाजमा महत्त्वपूर्ण भुमिका निर्बाह गरेको भन्दै जग्गा दाता मन बहादुर दरै मेलबहादुर दरै,सुशील श्रेष्ठ ,शिबलाल दरै,टोपबहादुर दरै ,देवीप्रसाद अधिकारी ,टेकबहादुर दरैलाई सम्मान गरिएको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?