यु-१८ महिला साफ: भारत र नेपाल भिड्दै

काठमाडौं :  अघिल्ला दुई खेलमा पराजित नेपाल यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा सोमबार घरेलु टोली भारतको सामना गर्दै छ ।

जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । प्रिती राईको कप्तानीमा रहेको नेपाल भारतलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ ।

तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न भने नेपाललाई सहज छैन ।पहिलो भेटमा नेपाल भारतसँग ७-० अन्तरले पराजित भएको थियो ।

दोस्रो खेलमा भने नेपाल बंगलादेशसंग ४-२ अन्तरले पराजित भएको थियो ।

समान खेलबाट बंगलादेशको तीन अंक रहँदा नेपाल भने विना अंक पुछारमा छ ।तीन राष्ट्र सहभागी डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपकोमा भारत दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?