दुवै मृगौला फेल भएका मनिषालाई सहयोगको अपिल

दमौली : दुवै मृगौला फेल भएर पीडित बनेका मनिषा राना मगरले भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् ! तनहुँको ऋषिङ्ग गाउँपालिका वडा – २ घुर्मेटस्वार स्थित निवासी १७ बर्षीय मनिषा राना मगरको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका छन् ।

१७ वर्षको कलिलो उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।

५० बर्षीय बुवा देउ बहादुर राना मगर र ४२ बर्षीय आमा गाली माया राना मगर को कोखबाट माईली छोरीको रूपमा जन्मिएका  मगरले गाउँमा संघर्ष  गरेर जसोतेसो आमा बाबालाई सहयोग गर्दै पढाई पनि गरिरेहेको गरेका थिए । तर सबै अप्ठ्यारासंग पढन सकिन्छ तर रोगसँग लड्न गाह्रो हुदो रहेछ । पछिल्लो समय उनको शारीर फुलेको देखपरे पछि अस्पताल चेकजाँच गर्न पुग्दा चिकित्सकले तपाईको दुबै मृगौला फेल भएर एक्कासी  आफू माथि सिङ्गो आकाश खसे जस्तो झसङ्ग भएको बताए ।

चिकित्सकले दुबै मृगौला प्रत्यारोपण गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले उनले सबै सँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित अम्मरले सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।

केही महिना यता पोखरा स्थित फिस्टेल हस्पिटलमा हप्तामा २ पटक डायलाइसिस भइरहेको मगरको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो ।  तर बिडम्बना दुबै मृगौला फेल भएपछि अहिले उनी अस्पतालको शैयामा छट्पट्टी रहेका छन् ।

के गर्नु हामी गरिबका कहिले नै सुखका दिन आउने भएन गह भरि आँसु झार्दै ४२ बर्षीय आमा गाली माया राना मगरले भन्छिन् मृगौला मिल्यो भने म आफ्नो मृगौला दिएर भएपनि छोरालाई बचाउँछु ।’ उनले छोराको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेकी छिन् ।

मनिषाको बुबा देउ बहादुर रानाको नाममा रहेको एसबिआई बैंकको खाता नं.२४११५२४१४००७२४ मा रकम जम्मा गर्न सकिने बताईएको छ । यस्तै बुबा देउ बहादुर रानाको फोन नं.  ९८२६६७०५३३,  दिदि पबि राना थापाको फोन नं.  ९८४४९२८२२८ मा फोन गरेर पनि सहयोग गर्न सकिने उनले जानकारी दिए ।

परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?