स्थानीय चुनावका लागि तनहुँमा १७ दल दर्ता

दमौली :  जिल्ला निर्वाचन कार्यालय तनहुँमा स्थानीय निर्वाचनमा भाग लिनका लागि राष्ट्रिय मान्यता प्राप्त नगरेका १७ दल  दर्ता भएका छन्  । निर्वाचन आयोगले दिएको समयसीमाभित्र १७ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका अधिकारी हरि प्रसाद ढकालले जानकारी दिए ।

विवेकशील साझा,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जनसमाजवादी पार्टी , मंगोल नेशनल आर्गनाइजेसन,मैलिक जरोकिलो पार्टी ,राष्ट्रिय जनमुक्ति पार्टी ,साझा पार्टी नेपाल ,नेपाली कांग्रेस (वी.पी ), नेपाल परिवार दल ,सामाजिक एकता पार्टी ,  राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी -लेनिनवादी), नेश्नलिष्ट पिपल्स पार्टी , नेपा: राष्ट्रिय पार्टी , नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), नेपाली जनता पार्टी , राष्ट्रिय नागरिक पार्टी  दर्ता भएका हुन् ।

त्यस्तै नेपाली काङ्ग्रेस ,नेपाल कम्युनिष्ट पार्टी (एमाले) , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ,जनता प्रगतिशील पार्टी सहित ६ राष्ट्रिय मान्यता प्राप्त दल छन् ।

निर्वाचन आयोगले केही दिनअघि आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ । यही चैत्र १३ गते सम्म आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । निर्वाचन आयोगले ललितपुरका हरेक पालिकामा केही दिनमा निर्वाचन अधिकृतको कार्यालय खोल्दैछ । मतदाता शिक्षाको कार्यक्रम पनि सुरु बाँकी छ ।

सरकारले स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना सुरु भइसकेको छ र भने मतदाता शिक्षामा लागि सामाजिक परिचालक र स्वास्थ्य स्वयम्सेवकहरु खटाउन पनि बाँकी नै रहेकाे  अधिकारी ढकाललेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?