तनहुँ महोत्सवको तयारी ९५ प्रतिशत पूरा

दमौली : तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा तनहुँको व्यास -३  विपी वनवाटिकामा चैत १० गतेदेखि २० गते सम्म  सञ्चालन हुने    आठौ तनहुँ महोत्सवको तयारी ९५  प्रतिशत  पुरा भएको छ ।

महोत्सवले  पर्यटकीय धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको ठाउँलाई चिनाउनका साथै आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन हुने विश्वास राख्दै आयोजना गर्न लागिएको महोत्सवको तयारी ९५ प्रतिशत पुरा भएको  तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले बताए।

महोत्सव स्थलमा स्टल निर्माण, मञ्च निर्माण र रमाइलो मेलाका काम भइरहेको सङ्घकाअध्यक्ष श्रेष्ठले जानकारी दिए । रमाइलो मेलामा यसपटक नयाँ आकर्षणको रुपमा टिकटक पार्क पनि निर्माण गरिनेछ ।

विभिन्न जातजातिका कलासंस्कृति झल्किने पाँच वटा जनजातिका घर निर्माण गर्नुका  महोत्सव अवधिभर दैनिक रुपमा स्वास्थ्य शिविर सञ्चालन गरिनुका साथै एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

तस्विरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?