दमौली : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्यतथ्य बुझाएर काँग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन् ।काँग्रेस तनहुँ क्षेत्र नं १ ले मंगलवार दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसीसी पास गर्ने काँग्रेस हो भनेर जनतामाझ जानुपर्ने र काँग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरे ।
नेपालको गरिबी अन्त्यका लागि एमसीसी परियोजना सफल हुने उल्लेख गर्दै नेता पौडेलले एमसीसीको विरोध गर्नेहरु राष्ट्रघाती भएको आरोप लगाए । “देश विकास गर्ने पार्टी काँग्रेस हो, देशलाई काँग्रेसले मात्रै बलियो बनाउँछ,” पौडेलले भने, “देशको भविष्य सोचेर काँग्रेसले दूरदर्शी निर्णय गरेको छ । यही कुरा जनतालाई बुझाउनुपर्छ ।”
काँग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति विशेश्वर खनाललगायतले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
तस्बिर फाइल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?