दमौलीमा आठौं तनहुँ महोत्सव सुरु हुँदै, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

दमौली : तनहुँको दमौलीमा आठौं तनहुँ महोत्सव आजदेखि सुरु हुँदैछ । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले आज दिउँसो  ठिक १२ :३०  बजे प्रधानमन्त्री देउवाले महोत्सवको उद्घाटन आयोजक समितिले जनाएको छ । आज बिहिबार जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन तनहुँ आउन लागेका प्रधानमन्त्री देउवाले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आयोजकमा जिल्ला समन्वय समिति तनहुँ र व्यास नगरपालिका समेत रहेकोे छ । महोत्सवको सह-आयोजकमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई रहेको छ ।

व्यापारीक प्रयोजन र कृषि, हस्ताकला लगायतका गरी दुई सय दश वटा स्टल निर्माण गरिएको छ ।आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, साँस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य रहेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

स्वदेशी तथा विदेशी गरि करिब ४ लाख दर्शकहरूले तनहुँ महोत्सव अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा कुल आम्दानी ८० लाख रुपैयाँ र खुद आम्दानी १५ लाख ३५ हजार हुने अनुमान गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवमा स्थानीय कलाकार देखि राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहनेछ । महोत्सवमा राष्ट्रिय कलाकार शिवपरियार, छेवाङ लामा, सविन राई, रचना रिमाल, एलिना चौहान, मिलन अमात्य, ज्योति मगर, प्रीति आले, कला लम्साल लगाएका कलाकार ल्याउने तयारी रहेको छ । यस्तै महोत्समा २-३ दिन कन्सर्ट समेत गर्ने तयारी आयोजकको छ ।

आठौं तनहुँ महोत्सवको तयारी स्वरुप दमौली बजार क्षेत्रलाई सिगारिएको छ । दमौलीको ट्राफिक चोकमा मुख्य स्वागत गेट निर्माण गरिनुका साथै सडकका दायाँ बायाँ किनारमा रङ्गरोगन गरी चिटिक्क बनाइएको छ । बजारक्षेत्र देखि महोत्सवस्थलसम्म ध्वजापतका टाँगेर झिलीमिली र आर्कषक बनाइएको छ ।

व्यास नगरपालिका–३ बिपी बनबाटिकामा आयोजित महोत्सवस्थलमा स्टल,स्टेज निर्माण, बुकिङ कार्य र महोत्सवको तयारी पुरा भएको तनहुँ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष एवं प्रवक्ता इम कुमार मल्लले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?