पर्यटन प्रबर्द्धन गर्न मेला महोत्सव महत्वपूर्ण भूमिका खेल्छ ; प्रधानमन्त्री देउवा

दमौली : प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन प्रबर्द्धन गर्न मेला महोत्सव महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयेजना गरेको  आठौं तनहुँ महोत्सव  उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पर्यटन प्रबर्द्धन गर्न मेला महोत्सव महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।

तनहुँ जिल्ला आफैमा धार्मिक एवं संस्कृति क्षेत्रको विकासका लागि प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले यसको प्रचार प्रसारका लागि महत्तवपूर्ण भूमिका खेल्ने देउवाले जोड दिए  ।

प्रधानमन्त्री देउवाले स्थानीय चुनावमा मात्र नभई प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्म गठबन्धनलाई लैजानु पर्ने उल्लेख गर्दै “आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?