पल शाहलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन

दमौली : बलात्कारको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका अभिनेता पल शाहलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन्। जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुगेको शाहका वकिल बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए।

जिल्ला अदालतले थुनामा पठाउने आदेश दिँदा आधार मानेका विषयमा पनि उनी पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका छन्। पीडितकै कुरा बाझिएको, उमेर ढाँटिएको र घरबेटी र उनीसँगै सुतेका व्यक्तिको बयानले पनि बलात्कार नभएको पुष्टि गर्ने निवेदनमा जिकिर छ।

जाहेरी ढिलो पर्नु, घटना भएको भनिएको लामो समयसम्म पनि उनीहरु सँगै काम गर्नु, घुमफिर गर्नु लगायत विषयले बलात्कार नभएको पुष्टि गर्ने पुनरावेदन निवेदनमा दाबी छ।

गत बिहीबार जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अदालतको आदेशसँगै उनी कारागार कार्यालय तनहुँमा छन्। उनीविरुद्ध जिल्ला अदालत पूर्व नवलपरासीमा पनि बलात्कारकै आरोपमा उनै पीडितको मुद्दा दर्ता छ। त्यहाँ भने थुनछेक बहस हुन बाँकी छ।

जिल्ला अदालत तनहुँले पल शाहका म्यानेजर कृष्ण जोशीलाई भने धरौटीमा छाड्न आदेश दिएको छ। उनले पीडितलाई कानुनी उपचारमा अवरोध गरेको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?