दमौलीमा महिलाको घाँटीबाटै हरायो सुन

दमौली : तनहुँको  व्यास नगरपालिका वडा २ स्थित भेटघाट चोकमा तीन जनाको अज्ञात समूहद्वारा बुधवार  बिहान करिब १० बजेर १८ मिनेट जाँदा   ४० वर्षीया रमा सुनार नामको महिलाको घाँटीबाटै सुनको सिक्री र हातको औंलाको औठी हराएको प्रहरीले जानकारी दिएका छन् ।

व्यास १० दिगाउँ स्थायी घर भएका उनी कामको सिलसिलामा दमौली आउने क्रममा उक्त घट्न भएको पीडित महिलाले समेत दमौली अनलाईन बताएकी  छिन । पीडित महिलाका अनुसार तीन जनाको अज्ञात समूहद्वारा मेरो पिछा गर्दै मलाई औसधि प्रयोग गरि सुन लुटेर भागेको बताएकी  हुन् ।

सिक्री र औठी गरि साढे २ तोला सुन लुटेर लागेको र खोजि कार्य भईरहेको प्रहरीले जानएको छ। दमौली आसपासका क्षेत्रमा यस्ता चोरीको  गतिविधि बढिरहेकोले तेस्ता समूहद्वारा सजक रहन समेत प्रहरीले आग्रह गरेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?