दमाैली : वरिष्ठ गायिका हरिदेवी कोइरालालाई गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ प्रदान गरिएको छ । व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा शनिबार आयोजित कार्यक्रममा कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
कला संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । उक्त पुरस्कारको राशी नगद रु २५ हजार रहेको छ ।
यसैगरी गीतल राष्ट्रिय पुरस्कार २०७७ कवि प्रोल्लास सिन्धुलिया र २०७८ गायक राज सिग्देललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रु सात हजार रहेको छ । यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ लोकगायक शङ्कर परियार र २०७८ लोकगायिका आशा विसीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ ।
मञ्चले भाषा, साहित्य र कला संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको सचिव दिवाकर भट्टराईले जानकारी दिए ।
साहित्यकार डिल्लीराम मिश्र, क्याम्पस प्रमुख महाप्रसाद हड्खले , ब्यास नगरपालिका शिक्षा प्रमुख नगेन्द्र राज न्यौपाने साहित्यकारमा क्षेत्रप्रताप सुपुत्र/डन डाइरेक्टर अमन प्रताप अधिकारी, आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठ, गीतल प्रतिभा पुरस्कार प्रदाता भीम ज्यालादारी, अम्बिका भट्टराई, नारायण मरासिनी, अम्बिका भण्डारी,रञ्जु दाहाल, कल्पना धमला,अनिता यात्री, युवा कवि प्रज्वल अधिकारी, गजलकार रुपक वनवासी,डा राम कुमार अधिकारी, मुक्तक मञ्च तनहुँका अध्यक्ष श्रीराम भट्टराई, प्रलेस तनहुँका अध्यक्ष कल्पना पौडेल,उपाध्यक्ष विकास विक, वेदव्यास संस्कृत माविका प्राचार्य विष्णुहरि भट्टराई, म्याग्दे साहित्य समाजका अध्यक्ष कवि चन्द्रमणि आस्था अविचल, भानुभक्त क्याम्पस खैरेनीटारका प्राध्यापक कवि बन्धुराज अधिकारी, नरमाया आले,शंकर राज नहर्की,जनार्दन दाहाल, शारदा भट्टराई लगायतका कविहरूको उपस्थितिमा रहेको थियो।
उक्त कार्यक्रमको स्वागत मन्तब्य संस्थाका सहसचिब शान्ता बास्तोलाले गरेकी थिइन भने कार्यक्रमको संचालन संस्थाका सचिव दिवाकर भट्टराईले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?