गोरखा: तनहूँको आँबुखैरेनी गाउँपालिका-३ का ६८ वर्षीय एक वृद्धको भीरबाट लडेर ज्यान गएको छ।
गोरखा नगरपालिका-१३ मझुवा देउरालीस्थित गल्छिन भीरबाट लडेर ६८ वर्षीय मोहनलाल थापा मगरको ज्यान गएको प्रहरीको जनाएको छ ।
सोमवार साँझ चार बजेको समयमा गोरखास्थित सम्धीको घरमा जान भनेर हिडेका उनी घर नफर्केपछि परिवारजनले खोजी कार्य अघि बढाएका थिए।
सोही क्रममा मंगलवार साँझ चार बजे गल्छिन भीरमा उनको शव फेला परेको जनाएको छ।मृतक मगरको टाउको र शरीरमा चोट देखिएको र शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?