दमौली: स्थानीय तह निर्वाचनमा नगरपालिकाका मेयर–उपमेयर बन्ने दौडधुपमा धेरै ‘आकांक्षी’ लागिपरेका छन् ।
व्यास नगरपालिकाको मेयरमा नेकपा एमालेबाट १२ जना आकांक्षी देखिएका छन् । नेकपा एमाले व्यास नगर कमिटीको सोमबार आयोजित बैठकमा मेयर बन्न १२ जनाले आकांक्षा व्यक्त गरेका हुन् ।
मेयरका लागि राजेन्द्र कार्की, रत्न कुमार श्रेष्ठ, इश्वर बहादुर विष्ट, कुल बहादुर थापा, दिपेन्द्रराज शाही, अनिल पाण्डे, देवी बहादुर बस्नेत, दिर्घ बहादुर दरै, प्रदिप अधिकारी, तुल्सीराम पाण्डे, सीता पाण्डे र ऋषिराम भुषालले आकांक्षा व्यक्त गरेका छन् ।
यसैगरी उपमेयरका लागि बसुन्धरा घर्ती, वेदकुमारी वाग्ले र वीरेन्द्र अधिकारीले दावी गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?