शेयर बजार साढे ४४ अङ्कले घट्यो

दमौली : अघिल्लो साता एक दिन बाहेक सबैदिन घटेको सेयर बजार यो साताको पहिलो कारोबार सोमबार पनि घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४४ दशमलव ६४ अंकले घटेर सोमबार २४ सय १९ दशमलव ७१ अंकमा घटेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीवन बीमा, उत्पानद, अन्य, होटल तथा पर्यटन, विकास बैंक, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर दुई अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

शेयर बजार दोहोरो अङ्कले घटेको दिन इमर्जिङ नेपालको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नेष्डो र जाल्पा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?