दमौली : स्थानीय तह निर्वाचन गराउन लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समिति तनहुँको कार्यालयमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै अरु नौ स्थानीय तहमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।
व्यास नगरपालिकाको निर्वाचन अधिकृत सहित मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना, आँबुखैरेनी गाउँपालिकामा प्रमुख मालपोत अधिकृत चिरञ्जीवि पौडेल, ऋषिङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव राजेन्द्र न्यौपाने, घिरिङ गाउँपालिकामा हुलाक निर्देशनालय पोखराका प्रमुख किर्तनराज पौडेल, देवघाट गाउँपालिकामा जिल्ला समन्वय अधिकारी थमनसिं थापा, बन्दीपुर गाउँपालिकामा राष्ट्रिय सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेल निर्वाचन अधिकृत ताेकिएका छन् ।
भिमाद नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका न्यायधीवक्ता रामचन्द्र शर्मा, म्याग्दे गाउँपालिकामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका उपसचिव नवराज आचार्य, शुक्लागण्डकी नगरपालिकामा सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव सरिता रायमाझी र भानु नगरपालिकामा तनहुँ अदालतका श्रेस्तेदार मिनबहादुर कुंवर निर्वाचन अधिकृत ताेकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?