पल शाहका दुवै निवेदन एकसाथ पेश गर्न उच्च अदालतको निर्देशन

पोखरा : उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ ।

जिल्ला अदालत तनहुँ र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?