कांग्रेस कार्यकर्ताद्वारा गण्डकी कार्यालयमा तोडफोड

पोखरा : नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका छन् । पोखरा महानगरपालिका-३ तेर्सापट्टिमा रहेकाे पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका छन् ।

बाँडफाँटका लागि छलफलमा कांग्रेसले केही वडा गुमाउने भएपछि आक्रोसित कांग्रेस कार्यकर्ताले नाराबाजी र तोडफोड गरेका हुन् ।

पोखराका सबै वडामा उम्मेदवारी दिएको कांग्रेसले फेरि गठबन्धन गरेर वडा बाँडफाँट गर्न लागेको भन्दै पोखरा कांग्रेस कार्यकर्ताहरुले आन्दोलन गरेका थिए।

आज पाँच दलीय गठबन्धनको साझा घोषणापत्र कार्यक्रममा समेत पोखरा १८ र २४ का कांग्रेस कार्यकर्ताले नाराबाजी गरेर गेटमा तालाबन्दी गरेका थिए ।

पछि प्रहरी परिचालन गरेर घोषणापत्र सार्वजनिक गरिएकाे थियाे ।

कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा कास्की प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?