प्रधानमन्त्री ओलीले दिउँसाे चार बजे सम्बाेधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे सम्बोधन गर्नेछन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ ।

उक्त सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?