आइजिपी नियुक्तिविरूद्ध दुई एआइजी अदालत जाँदै

काठमाण्डौ :  नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिमा असन्तुष्टि जनाउँदै अतिरिक्त महानिरीक्षक (एआइजी)द्वय विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने भएका छन्।  सरकारले वरियता मिचेर धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गरेपछि एआइजीद्वय अदालत जान लागेको स्रोतले जानकारी दिएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आइजिपी बनाउने निर्णय गरेको हो। उनीभन्दा सिनियर रहेका एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने तयारी गरेका हुन्। प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए।
विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।

२०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए।

त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए।

आफूहरूभन्दा ढिला बढुवा भएका सिंहलाई आइजिपी बनाएपछि आइजिपीद्वय पोखरेल र थापा असन्तुष्ट छन्।

सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?