माग्देमा मत माग्दै काङ्ग्रेसका उम्मेदवार घर दैलोमा

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकामा अध्यक्ष पदको उमेदवार माया देवी रानाले चुनावी अभियानलाई तिव्रता दिएकि छन् । रानाले गाउँपालिकाका विभिन्न भागमा पुगि मतदाता भेट्ने र मत दिन आग्रह गरेकी छिन् ।

नेपाली कांग्रेस बाट उमेदवार बनेकि राना र उपाध्यक्ष पदका उमेदवार बालकृष्ण घिमिरे बिभिन्न वडामा पुगि मत माग्न व्यक्त रहेकाे काङ्ग्रेस सभापति रामभक्त घिमिरेले बताए ।

राना तथा घिमिरेले गएकाे ५ बर्षमा नेपाली काङ्ग्रेस नेतृत्वको आफुहरूकाे टिमले धेरै बिकासकाे काम गरेको र अझै धेरै गर्न बाँकी रहेकोले मतदाताहरूकै इच्छा अनुसार पुनः उमेदवार भई मतदाता हरू माझ आएकाे बताए । फाेहाेर मैला ब्यबस्थापनकाे लागि ल्याण्डफिल साइड देखि भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने सम्मको कामहरू आफ्नाे पालामा भएको अध्यक्ष उमेदवार रानाले जोड दिए ।

आन्तरिक स्वमुल्याङ्कनमा लगातार दुई पटक गाउँपालिका प्रथम हुनु , बेरूजु अति भन्दा अति न्यून रहनु , भाैतिक पुर्वाधारमा तिव्र गति लिनु , स्वास्थ्य ,खानेपानी , बाटाेघाटाे , शिक्षाको क्षेत्रमा काम गर्नु आफ्ना उपलब्धि रहेको भन्दै रानाले बाँकी रहेको काम पूरा गर्नपनि उमेदवार बनेर आएकाे बताइन् ।

वडा कार्यलय हरू बनिसकेका र अब प्रशासनिक भवन , शभाहल र स्वास्थ्य चाैकि भवन बन्ने चरणमा रहेकोले त्यो पूरा गर्ने आफुहरूको  चाहना रहेको उपाध्यक्ष पदका उमेदवार बालकृष्ण घिमिरेले बताए ।

उमेदवार टाेलि अहिले मनपाङ का विभिन्न भेगमा पुगि मत माग्न ब्यस्त छन् । प्रचारप्रसार टाेलिमा संलग्न गाउँपालिकाका पार्टी सचिव गाैरवराज रानाले मतदाता हरू अत्यन्तै सकारात्मक रहेको पाएकाले काङ्ग्रेस बाट उमेदवार बनेका सबै उमेदवारले जित्ने बिस्वास लिएको बताए ।

गाउँपालिकामा एमाले बाट श्रीप्रसाद श्रेष्ठ , माओबादिवाट दिलिप श्रेष्ठ , बिवेकशिल साझा पार्टीबाट बेदबहादुर खत्री लगायतका उमेदवार हरू भिड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?