दमौली : तनहुँको व्यास नगरपालिका वडा ९ मा नेकपा एमाले र जोशी समुहले संयुक्त रुपमा ‘सास्ती हैन, सुविधाका लागि, स्वार्थी हैन इमानदारिताका लागि’ भन्दै घरदैलोमा व्यस्त छन् । व्यास नगरपालिकाको मेयरका उम्मेदवार दिपकराज जोशी सँगै उपमेयरको उम्मेदवार बसुन्धरा घर्ती लगायत वडा कमिटी चुनावी मैदानमा छन्।
मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, नगर र वडाले दिने सेवासुविधा सहज र जनमुखी कसरी बनाउन सकिन्छ भनी उनीहरुले सुझावसमेत संकलन गरेका छन्। आफ्नौ घरदैलोमा आइपुगेका उम्मेदवारलाई स्थानीयले जीतको शुभकामना दिएका थिए ।
नेपाली काङ्ग्रेसका पुर्वसहमहामन्त्री गोबिन्दराज जोशी र नेकपा एमाले बिच गरिएको तालमेल पछि मेयरका उम्मेदवार रहेका जोशिले घरदैलेमा पुग्दा मतदाताबाट पाएको स्वागत, सत्कार, आत्मीयता र माया नै जीतको आधार रहेको बताए ।
उनले स्थानीय तहले ग्रामीण भेगकालाइ सास्ती दिएको बताउदै उनले अहिलेको नेतृत्व जनताको सेवक नभइ शासक रहेको समेत आरोप लगाए । उपमेयरको प्रत्यासी घर्तिले अहिलेको नेतृत्वले जनतालाइ नबनाइ आफू जनप्रतिनिधि मात्र बनेको आरोप लगाइन ।
नगरपालिकामा काम गर्नको उम्मेदवारी दिएको बताउदै उनले व्यासमा नेतृत्व परिवर्तनको आवश्यक रहेको समेत बताइन् । बुधबार टोलिले व्यास ९ को कुमालटारि,गजौडे, सिस्नेरी,बिर्ता,जौबारी लगायत क्षेत्रमा घरदैलो गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?