व्यासमा कैची बलियो कि रुख ?

दमौली : तनहुँको व्यास नगरपालिका आगामी पाँच वर्षका लागि हाँक्ने जिम्मा लिने नयाँ जनप्रतिनिधि छान्ने दिन नजिकिँदैछ। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले प्रचारप्रसार र घरदैलो गर्न पाउने अवधि आजबाट सकिदैछ ।

त्यसैले पनि उम्मेदवार घरदैलोमा व्यस्त छन् । चुनावी अभियान झिसमिसेमा सुरु भएर अबेर रातिसम्म चलिरहेको छ। विभिन्न आश्वासनका पोका लिएर दल र तिनका उम्मेदवार बस्तीबस्तीमा पुगिरहेका छन् ।जसरी भए पनि आश्वासनको जालोमा जनतालाई पार्ने रणनीतिसहित उम्मेदवारहरू चर्को दौडधुपमा छन्।

तनहुँका विभिन्न पालिकाका उम्मेदवारहरू चुनावी प्रचारमा जुटिरहेका छन्। यस जिल्लाका केही स्थानीय तहमा यसपालिको चुनावी भिडन्त निकै रोचक हुने आकलन छ। हारजित राजनीतिक दल र शीर्ष नेताको प्रतिष्ठासँग जोडिँदा यस पटक तनहुँको चुनाव रोचक हुने देखिएको छ । व्यासमा ११ जना मेयरपदमा उम्मेदवार भएपनि मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेसका उम्मेदावर बैकुण्ठ न्यौपाने र एमाले–जोशी समहुका उम्मेदवार दिपकराज जोशीको विचमा हुने देखिन्छ ।

सबै भन्दा ठुलो दलको रुपमा रहेको नेपाली कांग्रेसको तर्फबाट व्यास नगरपालिकामा उम्मेदवारको रुपमा रहेका निर्वतमान् मेयरमा बैकुण्ठ न्यौपाने चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा १४ मा १३ वटा वडामा विजयी भएको कांग्रेसले अन्य उम्मेदवार भन्दा आफु अघि रहेको दाबी गर्दै आएको छ ।कांग्रेसमा टिकट विरणमा ब्यक्त भएका असन्तुसष्टिका स्वरहरु क्रमश मन्द भएकाले आफुहरुको सहज जित हुने कांग्रेसका उम्मेदवारहरुले देखेका छन् भने व्यासमा न्यौपानेले आफ्नो कार्यकालमा गरेका कामका प्रयासले पनि मत बढ्ने दाबी छ ।

एद्यपी कांग्रेसका पुर्व सह–महामन्त्री गोविन्दराज जोशी समुहले दिपकराज जोशीलाई एमालेसँग तालमेल गरेर उम्मेदवारको रुपमा उभ्याएको छ । एमाललेले पनि मेयरमा दिपकराज जोशीलाई सँगसँगै घरदैलोमा लिएर हिडेको छ । असन्तुष्ट कांग्रेसको मत र एमालेको मतले व्यासमा कांग्रेसको विजयी यात्रमा पुर्ण बिराम लाग्छ की आकलन समेत गरेका छन् । कांग्रेसलाई यतीबेला दिपकराज जोशीको कैचीले के गर्छ ? चासोको बिषय छ ।

एमालेको संगठन,कांग्रेसको असन्तुष्टको मत लिएर यस पटक आफुले उभ्याएको उम्मेदवार विजयी बनाए र तनहुुँ कांग्रेमा गोविन्दराज जोशी आफ्नो गुमेको राजनीतिक शक्ति आर्जन गर्ने अन्तिम र शशक्क्त प्रयासमा जुटेका छन् । उनीहरुले अहिले ५ बर्ष हाल मेयरका उम्मेदवारले गरेको कामको कतिपय बिषयलाई मुद्दा बनाएर निर्वाचनमा मतदताको घरदैलोमा छन् । पुर्व गृहमन्त्री समेत रहेका गोविन्दराज जोशीले चाल्ने हरेक कदम कुटिल र रणनीतिक हुने हुँदा कांग्रेसलाई दिपकको कैची महंगो पर्न सक्छ ।

२०७४ सालमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपाने १३ हजार६५ मत ल्याएर विजयी भएका थिए । भने एमालेका शंकर नारायण श्रेष्ठले ९हजार ५ सय ९२ मत ल्याएका थिए ।
व्यास नगरपालिकामा मेयर पदका लागि ११ जना प्रतिस्पर्धामा रहेका छन् । नेकपा माओवादी केन्द्रबाट अतिन्द्र केशरी न्यौपाने,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दौलत अधिकारी, साझा विवेकशिलबाट रमेश आचार्य लगायत उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?