घाइते व्यासका मेयर उम्मेदवार जोशीलाई पोखरा लगियो

दमौली : तनहुँको व्यास नगरपालिका-८ रिस्तीमा कांग्रेस कार्यकर्ताको आक्रमणबाट घाइते मेयरका उम्मेदवार दीपकराज जोशीलाई पोखरा लगिएको छ ।दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात घाइते जोशीलाई थप उपचारका लागी पोखरा लगिएको हो  ।

जोशीको टाउकोमा गम्भीर चोट लागेको दमौली  अस्पताल स्रोतले जनाएको छ ।स्थानीय तह निर्वाचन अन्तरगत शुक्रबार भइरहेको मतदान कार्यको निरीक्षण गर्न पुगेका जोशीमाथि कुटपिट भएको हो ।

कुटपिट संगै उनि सवार गाडी तोडफोड गरिएको छ ।उक्त गाडी रोकिराखेको स्थानबाट काङ्ग्रेस कार्यकर्ताले पल्टाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?