व्यास ८ को मतदान केन्द्रमा पुनः मतदान हुने

दमाैली : तनहुँको व्यास नगरपालिका–८ स्थित दुई वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले वैशाख ३१ गते गरिएको मतदान प्रक्रिया रद्ध गरी पुनः मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत ढुङ्गानाका अनुसार  जेठ ४ गते दुई वटा मतदान केन्द्रमा पुनः मतदान गरिने भएको हो  । उक्त मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै व्यास नगरपालिकाको मतगणना कार्य अगाडी बढाउने आयोगले निर्णय गरेको छ ।

गाविस भवन फेदी मतदान केन्द्रमा व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?