दमौली : तनहुँको भानु नगरपालिका वडा नं-१ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार कान्छी माया तामाङ विजयी भएकी छिन । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार वडा नं-१ मा तामाङको प्यानल नै विजयी भएको हो ।
तामाङले ६७२ मत ल्याएर विजयी भए भने उनका प्रत्याशी एमालेका प्रेम बहादुर लामा ले ४६८ मत ल्याएका थिए ।
वडा सदस्यतर्फ महिला सदस्यमा टक माया गुरुङ ७६५, दलित महिला सदस्य सावित्री सुनार ७५१, खुल्ला सदस्यतर्फ तुल बहादुर गुरुङ ७४४ र बिबेक श्रेष्ठ ७७६ मत प्राप्त गरी विजयी भएका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?