ऋषिङ :तनहुँको ऋषिङ गाउँपालिका–४ मा नेपाली काङ्ग्रेसको प्यानल सहित वडाध्यक्षमा प्रेम राज श्रेष्ठले विजय हासिल गरेको छ । श्रेष्ठले ७ सय ६ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्त बिकले ४ सय ६९ मत प्राप्त गरे ।
त्यस्तै सदस्यमा विष्णुमाया थापा ७ सय २, छलीमाया बिक ६ सय ८३ , जनक थापा ६ सय ६७ र मोहन बहादुर रानाभाट ६ सय ५८ मत प्राप्त गरी विजयी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?