Close This

गायक रेशम आलेको “पागल बनायो”गीत सार्वजनिक

दमौली : सानै उमेर देखि नै नाच्न गाउन मन पराउने गायक रेशम आले मगरले वियोगान्त भावमा तयार पारिएको “पागल बनायो ” लोक गीत गायक भुवन सिं थापा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

बिशेष  गरेर मौलिक कौराहा र दोहोरीमा रमाउने गायक रेशम आले मगरले लोक दोहोरी गीत “राजी छु” र कौराहा गीत “साईली” सार्बजनिक गरेका थिए साथै गायक भुवन सिं थापाले सार्बजनिक गरेको मौलिक कौराहा “रमाई रमाई ” मा समेत शब्द भरी सकेका रेशमले यस गीतमा भने स्वयं आफैंले नै अभिनय गरेका छन् ।

साथमा ललिता थापा मगर ,आनन्द थापा मगर , दुर्गी माया थापा , चन्द्र बहादुर थापा, अदिन आले र प्रजन थापा देख्न सकिने यस गीतलाई स्वयं रेशमले नै लय शब्द सृजना गरेका हुन् । गायक भुवन सिं थापाको निर्देशन, सम्पादन र छायांकन गरेको यस गीतको छायांकन भने गायक आले कै जन्म स्थान व्यास नगरपालिका वडा न . १४  ठिनमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?