पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ ।

जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।

प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?