त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरिने

दमौली :  सरकारले उच्च शिक्षाको अध्ययन अध्यापन कार्यलाई अनुसन्धानमा आधारित बनाउन त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्ने भएको छ ।

आगामी आर्थिक वर्षमा सरकारले त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरिने अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्ने क्रममा बताएका छन् ।

नेपालका उच्च शैक्षिक संस्थाहरुमा विदेशी विद्यार्थीको लागि आरक्षणको विकास गरी भर्नाको लागि सहज र सहज आवासको लागि व्यवस्था गरिने भएको छ ।

विदेशी प्राध्यापकहरुलाई समेत सहज भिषाको व्यवस्था गरी नेपाल आउन सहजीकरण गरिनेछ ।

सकारले नयाँ र उदयीमान विषयमा उच्च शिक्षाको अध्ययनको अवसर स्वदेशभित्रै प्रदान गरी उच्च शिक्षाको लागि विदेश जाने प्रवृत्ति न्यून गर्न सार्वजनिक नीति लिएको छ ।

नीति तथा साझेदारी अवधारणामा अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि अध्ययन प्रतिष्ठान स्थापना सहजीकरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?