आबुखैरेनीमा “धूम्रपान बिरुद्ध युवा जागरण एवं सचेतनामुलक” कार्यक्रम

दमौली : विश्व  धूम्रपान रहित दिवसको मंगलवार  श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिती तनहुँको आयोजना तथा गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिको संयोजनमा आबुखैरेनी बजारमा “धूम्रपान बिरुद्ध युवा जागरण एवं सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ ।
आँबुखैरेनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शुक्र चुमानले सन् २०३०  सम्ममा धूम्रपान कै कारण एक करोड भन्दा बढिले ज्यान गुमाउने खतरा भएको विश्व स्वाथ्य संगठनको तथ्यांक भएका कारण नेपालमा पनि विद्यमान  कानुनको पालना कडाइका साथ गर्दै देखासिकी र आडम्बरीका कारण युवाहरुमा बड्दै गएको धूम्रपान सेवनलाइ न्यून गराउन प्रणामी युवाहरुले जस्तै सबै धार्मिक तथा सामाजिक संघ सस्थाहरुले सचेतनामुलक कार्यक्रम गरि समाजलाइ जागरुक गराउनु पर्ने कुरा व्यक्त  गरे ।
 गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिका अध्यक्ष युवराज बरालले कानुनमा सार्बजनिक स्थलमा धूम्रपान सेवन गर्न निषेध भएता पनि व्यबहारमा लागू नहुदा अरुका कारण धूम्रपान नगर्नेले पनि अप्रत्यक्ष रुपमा धुवा सेबन गर्नुपरेको तितो अथार्थ व्यक्त गरेका छ ।
उक्त समारोहमा वडा नम्बर ३ का वडाध्यक्ष दिनेश के सि, इलाका प्रहरी कार्यलय आबुखैरेनिका प्रतिनिधि,प्राणनाथ आश्रम आबुखैरेनिका अध्यक्ष ढलक बहादुए अधिकारी , श्रीकृष्ण प्रणामी युवा परिषद गोरखाका अध्यक्ष इन्द्रावती खत्री लगायतले मन्तब्य ब्यक्त गरेको थियो ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिती तनहुँका अध्यक्ष प्रदीप चौलागाईंको अध्यक्षतामा भएको उक्त कार्यक्रम का सहभागिले विभिन्न सचेतनामुलक ब्यानर, पप्लेट सहित आउबुखैरेनी बजार परिक्रमा समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?