मुग्लिन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ ।
बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
हिजोदेखि सडक बल्ल–बल्ल क्लियर गरेर सवारी सञ्चालन गरिरहेका थियौं ,फेरि सुख्खा पहिरो आएर सडक रोकियो झनै समस्या भयो ।
एसपी राठौरका अनुसार धादिङ प्रहरीसँग पनि समन्वय गरेर काठमाडौं लगायतका ठाउँबाट पोखरा जाने सवारी साधनहरुलाई बाटोको अवस्था हेरेर मात्रै आउन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?