साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १४.६४ अंकले घटेको छ । बुधबार बढेको बजार बिहीबार र शुक्रबार लगातार घटेको हो । शुक्रबार कारोबार रकम भने १ अर्ब भन्दा कममा सीमित भएको छ ।
शुक्रबार बजार २०४८.१६ बिन्दुमा पुगेर रोकिएको छ । यस दिन कुल २२९ कम्पनीको १८ हजार ६१७ वटा कारोबारबाट ३० लाख ४५ हजार ८३८ कित्ता सेयर किनबेच भएको छ ।
शुक्रबार कारोबार रकम भने ८९ लाख ४१ हजार २४ हजार ११४ रुपैयाँ कायम भएको छ । शुक्रबार सबै उपसमूहको मूल्य घट्दा सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले गुमाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?