कार्यपालिका बैठक लाईभ गरिनु पर्ने जिल्ला सदस्य अधिकारीको माग

दमौली : नेपाली कांग्रेस जिल्ला सदस्य डम्बर बहादुर अधिकारीले जिल्लाका स्थानीय तहहरुले कार्य पालिका बैठक लाइभ गर्नुपर्ने माग गरेका छन् ।

चुनेर पठाएका जनप्रतिनिधिलेहरुले गाउँ तथा नगरबासीको हितमा के आवाज उठाएका छन् भनेर जान्न पाउने नैसर्गिक अधिकार भएको हुँदा बैठक लाईभ गर्नुपर्ने माग जिल्ला सदस्य अधिकारीले गरेका हुन् ।

त्यसको सुरुवात व्यास नगरपालिकाबाट हुनुपर्ने जिल्ला सदस्य अधिकारीको भनाई रहेको छ ।

अधिकारीको यो मागलाई जिल्लाबासीले सकारात्मक रुपमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?