मुग्लिन आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा सवारी साधन सञ्चालन

दमौली :  पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा पूर्ण रुपमा सवारी साधन सञ्चालन आएको छ । जेठ २७ बिहान साँखरमा पहिरोले सडक भत्काएपछि सडक अवरुद्ध भएको थियो ।

भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द थियो ।मालबाहक तथा ठूला सवारी साधान २७ गतेदेखि नै बन्द थिए ।

अब सबै प्रकारका गाडी जतिखेर पनि चल्न पाउने तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?