रोटरी क्लब अफ दमौलीद्वारा व्यास १४ कुलुङ्गमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

दमौली : व्यास नगरपालिका वडा नं. १४ स्थित कुलुङ्ग माझथरमा २०७९ असर ४ गते  शनिबार १ दिने  निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। रोटरी क्लब अफ दमौलीको आयोजनामा शिविर संचालन हुने भएको हो।उक्त शिबिर आयोजक रुपमा  रोटरी क्लब अफ दमौली र सह-आयोजकको रुपमा व्यास नगरपलिका कार्यालय दमौली र व्यास नगरपालिका वडा न. १४ रहने व्यास १४ का वडा अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिएका छन्।

अध्यक्ष श्रेष्ठले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गर्न लागेको बताए ।रोटरी क्लब अफ दमौलीले १ बर्ष अगाडी देखि नै शिबिर संचालन गर्ने भनेपनि कोरोना कारणले ढिलो हुन पुगेको समेत जानकरी दिए।

जी.पी. कोइराला रास्ट्रिय स्वास प्रस्वास उपचार केन्द्र शुक्लगण्डकी र रत्नहरि मेमोरियल अस्पताल दमौलीको प्राबिधिक सहयोगमा उक्त शिबिर संचालन हुने भएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई शिबिरवाट १.पेट,छाती,मुटु,सुगर, थाइरोइड रोग बिशेषज्ञ २. हाडजोर्नी तथा नास रोग विशेषज्ञ ३. जनरल सर्जरी ४. बालरोग विशेषज्ञ ५. भिडियो एक्सरे सेवा ६. रगत बाट सुगर र ब्लड ग्रुप परीक्षाण ८. निशुल्क औषधि वितरण सेवा प्रदान गर्नेछ ।स्वास्थ्य शिविर १ दिन सञ्चालन हुने भएता पनि निशुल्क रुपमा  नागरिकहरुले  प्रत्यक्ष लाप लिन सकिनेछ ।

शिविरको लागि स्वयम् सेवीको भूमिकामा इनारह्विवल क्लब दमौली,रोटर्याक्ट  क्लब दमौली,रोटर्याक्ट क्लब भिमाद,रोटर्याक्ट क्लब भानु,रोटर्याक्ट क्लब वेदव्यास,इक्ट्रर्याक्ट क्लब दमौली छाब्दी बाराही आमा समूह,लङ्घघाली युवा क्लब कुलुङ्ग,कुलुङ्ग सामुदायिक होमस्टे रहने स्थानीय युवा समाजसेवी दिपक सरु मगरले जानकारी दिए ।साथै वडाका अन्य टोलका नागरिकहरुलाई पनि  प्रत्यक्ष लाप लिन आउन आव्हान समेत  गरेको जानकारी दिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?