अस्ट्रेलियामा कार्यरत कामदारहरूको न्यूनतम पारिश्रमिक पाँच दशमलव दुई प्रतिशतले बढेको छ । उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भएकाले कामदारहरूको सेवा सुविधामा पनि वृद्धि गरेको अस्ट्रेलियाका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
स्वतन्त्र कार्य आयोगले आज बुधवार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अस्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्यूनतम पारिश्रमिक प्रतिघण्टा २१ दशमलव ३८ अस्ट्रेलियन डलर पुगेको छ । यसअघि न्यूनतम पारिश्रमिक प्रतिघण्टा २० दशमलव ३३ अस्ट्रेलियन डलर थियो । अब हरेक मजदुरले हप्तामा ४० अस्ट्रेलियन डलर थप कमाउन सक्ने आयोगका अधिकारीहरूले जानकारी दिएका छन ।
आयोगको यस निर्णयले अस्ट्रेलियाका झन्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा पाँच दशमलव एक प्रतिशत पारिश्रमिक वृद्धि गर्न आग्रह गरेका थिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?