
दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शहरलाई सुन्दर बनाउन र मानिसलाई प्राणवायु प्रदान गर्न रुख आवश्यक पर्ने बताएका छन् ।व्यास नगरपालिका र डिभिजन वन कार्यालयद्वारा व्यास–३ स्थित बिपी वनवाटिकामा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका सहरहरू अत्यन्तै अव्यवस्थित ढङ्गले विकास गरिएको बताए।
जिल्ला प्रशासन कार्यालय तनहुँको पुरानो भवन भत्काएर उद्यान बनाउने प्रक्रिया अगाडी बढाइएको भन्दै पौडेलले दमौलीलाई मानवमैत्री ठाउँ बनाउने प्रयास सुरु गरिएको समेत बताए ।
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकालाई प्रकृतिमैत्री बनाउने अभियान थालिएको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, शुक्लागण्डकी नगर प्रमुख कृष्णराज पण्डितलगायतले वृक्षरोपण गरेको छ ।
गुलमोहर, असारे र चेरीका २१ बिरुवा रोपण गरिएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?