डुम्रे–याम्पा सडक खण्ड पुनः सुचारु

दमौली :  पृथ्वीराजमार्ग अन्तर्गत  बन्दीपुर गाउँपालिका–५ याम्पामा पहिरा खसेर अवरुद्ध भएको सडक डेढ घण्टापछि पुनः सुचारु भएको छ । पहिरा हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आइतबार मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि अवरुद्ध भएको डुम्रे–याम्पा सडक दिउँसो २ बजेबाट सुचारु भएको हो ।

सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला–बेलामा पहिरा खसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?