चर्चित गायिक रचना रिमाल र गायक अर्जुन गैरेको ‘कसम’ सार्वजनिक (भिडियोसहित)

दमौली :  चर्चित गायिका रचना रिमाल र  गायक अर्जुन गैरेको आवाजमा सजिएको नयाँ आधुनिक गित ‘कसम’  सार्वजनिक भएको छ ।  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम गैरेले नयाँ आधुनिक गित  सार्वजनिक गरिरहेका छन् ।

उक्त गितमा गायक एवम् सर्जक चन्द्र परियारको उत्कृष्ट लय शब्द सिर्जना गरेको हुन्  भने लोक दोहोरी सर्जक एवम् गायक चन्द्र परियारको रहेको छ।  लोक दोहोरी क्षेत्रमा परियारले आफ्नो छुट्टै  परिचय वनाएका छन् उनले गायका र सृर्जना गरेका थुप्रै गितहरु चर्चाको शिखरमा छन्, सधै दोहोरी गित सृर्जनामा व्यस्त हुने परियारले यो चोटी भने फरक स्वादमा आफ्नो स्रोताहरुलाई नयाँ कोसेली सुम्पिएका छन् । सुगम संगित तर्फ परियारको यो पहिलो प्रयास हो ।

मिराज अर्यालको उत्कृष्ट निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा रचना रिमाल, अर्जुन गैरे संगै अनुमति नेपाली, चन्द्र खड्का, दिनेश विष्ट, गणेश भट्ट लगायक अभिनय रहको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छांयाकन एवम् प्रविन भट्टले सम्पादन गरेका छन् ।  अत्यन्तै रोचक र लोभलाग्दो वनेको उक्त गितको म्युजिक भिडियो छोटो समयमा नै लोकप्रिय वनेको छ ।

गितको पुरा म्युजिक  भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?