युरोकप फुटबल :चेक रिपब्लिकले स्कटल्यान्डलाई हरायाे

युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २-० ले  हराएकाे छ ।

प्याट्रिक सिकको दुई गोल मद्दतमा चेक रिपब्लिकले युरोकप २०२० मा विजयी सुरुवात गरेको हो ।

स्कटल्याण्डको ग्लास्कवस्थित हाम्पडेनपार्कमा भएको खेलमा सिकले दुवै हाफमा गोल गरे । उनले ४२ औं मिनेटमा गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए ।दोस्रो गोल ५२ औं मिनेटमा गरे ।

आजै राति पाैने दश बजे हुने खेलमा पाेल्यान्ड र स्लाेभाकिया खेल्दै छन् भने राति पाैने एक बजे स्पेन र स्विडेन खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?