युविनाको उपचारका लागि व्यास नगरपालिको ५० हजार सहयोग

दमौली : तनहुँको व्यास नगरपालिकाले  विद्यालय जाने क्रममा खोला तर्दा खोलाले बगाएर घाइते भएकी व्यास ११ कि विद्यार्थी युविना थापाको उपचारका लागि ५० हजार रुपियाँ  सहयोग गरेको छ । व्यास ११ स्थित बुल्दी खोलाले  बगाउदाँ थापा ह्युम  पाइपमा अड्किएकी थिइन ।

 उनको अहिले पोखरा स्थित फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ।

त्यस्तैगरी व्यास-०४ मा बेदव्यास प्रा.वि  अध्ययनरत ७ वर्षिय विप्लब परियारलाई पनि व्यास नगरपालिकाले सहयोग गरेको छ । विद्यालयको खेलकुद क्रियाकलापमा सहभागि हुदाँ गोडा भाँचिएर घाइते भएका परियारलाई पालिकाले सहयोग गरेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

साथै नगर प्रमुख न्यौपानेले हाल विपदजन्य घटना बढ्दै गइरहेकाले सम्पुर्ण नगरबासी संयम रहन र यस घडिमा एक आपसमा सहयोगि भावनाले अगाडि बढ्नुहुन सम्पुर्ण नगरबासीहरुमा अनुरोध गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?