दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सचिव प्रताप रानाको-सपरिवार ट्रकको ठक्करबाट घाइते भएका छन् । मोटरसाइकलमा श्रीमति र छोरी लिएर घरतर्फ फर्किने क्रममा ट्रकको ठक्करबाट पत्रकार राना सहित उनका परिवार घाइते भएका हुन् ।
घाइते हुनेमा कान्तिपुर टेलिभिजनका तनहुँ सम्वाददाता समेत रहेका पत्रकार प्रताप राना,उनकी श्रीमति रमा थापा र एक छोरी रहेकी छन् । श्रीमति रमाको मणिपाल अस्पतालको सघन कक्षमा उपचार भैरहेको छ । बाबु र छोरीको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
पोखराबाट मोटरसाइकलमा गाउँघर भीमाद आउने क्रममा पोखरा महानगरपालिका–३२ मजुवामा ट्रकको ठक्करबाट उनीहरु घाइते भएका हुन् ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै घाइते परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।संघका जिल्ला अध्यक्ष उज्वल पौडेलले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै दुर्घटनाको दोषीलाई तत्काल कानुनी कारबाहीमा ल्याउन र घाइतेहरुको उपचारको लागि तत्काल आवश्यक व्यवस्थाको प्रवन्ध मिलाउन माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?