प्रहरी प्रवक्तामा डिआइजी टेकप्रसाद राई

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राई तोकिएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयले डिआइजी राईलाई केन्द्रीय प्रवक्ताको रूपमा तोकेको हो।

यसअघि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसी केन्द्रीय प्रवक्ता थिए। उनको काज सरूवा भएसँगै प्रहरी प्रवक्ता फेरिएका हुन्।उनको अपराध अनुसन्धान विद्यालयमा सरूवा भएको हो।
यस्तै डिआइजी टेकप्रसाद राईको हालै बढुवा भएको हो। उनको बढुवा भएपछि महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको थियो।

एसएसपी हुँदा उनी मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?