पोखरा महानगरपालिकाको ८ अर्ब ७७ करोडको बजेट पारित

पोखरा : पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का ११ औँ नगरसभामा पेश गरेको बजेट पारित भएको छ । असार १० गते पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले रु ८ अर्व ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट सभामा पेश गरेको थियो ।
 सभामा पेश भएको बजेट आइतबारको बसेको नगरसभाले छलफलपछि सर्वसम्मतले पारित गरेको हो ।महानगरका मेयर एवं सभाध्यक्ष धनराज आचार्यले बजेट पारितका लागि सभामा निणयार्थ पेश गरेको  थियो । उक्त प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो ।
 महानगरपालिकाले आगामी वर्ष चालू वर्षको भन्दा रु दुई अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ । चालू आवमा महानगरको बजेट रु छ अर्व ४१ करोड १० लाख थियो ।
नगसभाले पोखरा महानगरपालिका आकस्मिक कोष स्थापना तथा सञ्चालन ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ । यसैगरी पोखरा महानगरको मध्यमकालिन खर्च संरचना (२०७९/८०–०८१/८२) पारित गरिएको प्रमुख आचार्यले बताए।
महानगरको आगामी बजेटका स्रोतहरुमा सङ्घीय सरकार अनुदान रु दुई अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदान ११ करोड २८ लाख, आन्तरिक आम्दानी रु तीन अर्व एक करोड रहेको रहेको छ ।यसैगरी सङ्घीय राजश्व बाँडफाँटबाट रु ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँट रु एक करोड ४२ लाख ५२ हजार र न्यून हुन जाने रु दुई अर्व ४० करोड ८१ लाख बजेट चालू आवको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहोरिने महानगरले जनाएको छ ।
बजेटमा पूर्वाधार विकासतर्फ रु चार अर्ब ५३ करोड ६२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ रु एक अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा रु दुई अर्ब छ करोड ९२ लाख, शिक्षामा रु एक अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यतर्फ रु ५० करोड पाँच लाख, कृषितर्फ रु १६ करोड ७३ लाख ६५ हजार र वडा कार्यालयतर्फ रु ७२ करोड ६० लाख छुट्टाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?