पोखरा: गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिवारिक ट्रष्टका लागि अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले एक रुपैयाँ दान अभियान चलाएको छ।
युनियनले सोमबार पोखराको रत्नचोकमा एक विरोध सभाको आयोजना गर्दै एक रुपैयाँ दान अभियान चलाएको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, केन्द्रीय नेता तथा जिल्लाका नेताहरुका पारिवारिक सदस्यका नाममा ट्रस्टदेखि स्मृतिपार्क, प्रतिष्ठान बनाउन बजेट बिनियोजन गरेको पाइएपछि जनस्तरमा चर्को विरोध भएको थियो ।
विरोध सभामा सहभागीहरुले राज्यको सम्पत्ति फिर्ता गर, लुटतन्त्र बन्द गर, गण्डकी प्रदेश सरकार होशियार, जनताको पैसा फिर्ता गर, बाउ आमाको नाममा राखिएको सरकारी करोडौं रकम फिर्ता गर, सबैले रु. एक -एक सहयोग गरौँ, प्रदेश सरकार गरिब हो लगायतका नारा लगाएका थिए।
विरोध पछि मुख्यमन्त्री लगायत केही मन्त्रीहरुले निर्णय फिर्ता गर्ने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?