दमाैली : तनहुँको दमौलीमा बिहीबार वेदव्यास वैद्धिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत सङ्कलन भएको छ ।
व्यास जयन्तीको अवसरमा आयोजित कार्यक्रममा ५२ जनाले रगतदान गरेको प्रतिष्ठानका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए ।कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान सञ्चालन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?