पुष्पा भुसाल बनिन् उपसभामुख

काठमाडौं: नेपाली काँग्रेस नेत्री पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी छिन्। शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार भुसालको पक्षमा १४८ मत परेको थियो ।

उनकी प्रतिष्पर्धी नेकपा (एमाले)की भट्टराईलाई ५५ मतले पराजित भयो । भट्टराइले ९३ मत प्राप्त गरेका थिए।

अर्घाखाँचीको पोखराथोककी भुसाल वि.सं. २०२८ सालदेखि राजनीतिमा सक्रियह हुन्छ ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख खालि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?