
दमौली : पछिल्लो २४ घण्टामा गण्डकीका थप २४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका तीन जिल्लाका थप १४ जनामा कोरोना पुष्टि भएको हो।
आज पुष्टि हुनेमा कास्कीका १३, तनहुँका ३ र स्याङ्गजा जिल्लाका ८ जना छन्।
आज पुष्टि भएकासँगै गण्डकीमा कोरोनाका सक्रिय संक्रमितको सँख्या १३२ पुगेको छ।
जसमा १३१ जना होम आइसोलेसनमा छन् भने, एक जना स्वास्थ्य सँस्थामा उपचाररत रहेको निर्देशनालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?