चितवन : पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र विङ्गनर (माइक्रो)गाडी एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन् ।
काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख ३५०२ नम्बरको विङ्गनर ९माइक्रो० गाडी इच्छाकामना गाउँपालिका–३ मा एक आपसमा ठोक्किएको हो ।
दुवै सवारी साधनमा सवार यात्रुहरूको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने विङ्गनरका चालक घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिनुभयो ।
घटना आज साँझ ५ः२० बजे भएको हो ।रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?