दमौली : लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग (उच्च ज्वरो) का बिरामी देखिन थालेपछि दमौलीमा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको छ ।
व्यास नगरपालिकाले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाइ अभियान चलाएको हो ।
बिरामी देखिन थालेपछि जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयमसेविकाको सहभागितामा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको नगरपालिकाका स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
दमौलीमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम सुरु गरेको उनले बताए ।
उनका अनुसार वडा नं २ ,३ र ४ मा खोज र नष्ट गर अभियान सञ्चालन भइसकेको जनाएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?